नवलपुरमा बुबाले आफ्नो छोराको हत्या गरेका छन्।
शनिबार राति १० बजेतिर गैडाकोट नगरपालिका-१५ चिन्तामणि टोलमा ४३ वर्षीय शंकर गिरीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अनिल पण्डितले जानकारी दिए।
गिरीको हत्या आरोपमा ६३ वर्षीय बुबा डम्मरलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनीहरूबीच गएराति घरायसी विवाद भएको थियो।
त्यही क्रममा बुबा डम्मरले खुर्पाले शंकरको टाउकोमा प्रहार गरेका थिए।
खुर्पाको प्रहारबाट गम्भीर घाइते भएका शंकरको उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा पठाइएको थियो। शनिबार साँझ पौने ११ बजेतिर शंकरको मृत्यु भएको हो।
प्रहरीले शंकरलाई घटनास्थलबाट नियन्त्रणमा हतियारसहित पक्राउ गरेको थियो।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।