रूकुम पश्चिममा जुवा खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्।
त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष ४७ वर्षीय नन्दराम बाँठासहित ६ जना पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख, डिएसपी वेदबहादुर पौडेलले बताए।
वडाध्यक्ष पौडेलसहित त्रिवेणी – ५ का ४४ वर्षीय डिल्लीबहादुर घर्ती, सोही ठाउँका ३० वर्षीय शिव घर्ती मगर, ५३ वर्षीय नन्दकुमार घर्ती मगर, वडा नम्बर २ का ४० वर्षीय मनबहादुर बोहोरा र मुसिकोट नगरपालिका – ११ का ४८ वर्षीय कमल पुन पनि पक्राउ परेका छन् ।
उनीहरुको साथबाट डेढलाख बढी नगद बरामद भएको छ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार जुवा खालबाट नगद एक लाख ६७ हजार १०५ रुपैयाँ नगद र तासहरु बरामद भएको छ ।
त्रिवेणी गाउँपालिका–४ लामाखेतस्थित विमलबहादुर खड्काको घरमा हारजित हुने गरी जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाका आधारमा पुगेको प्रहरीले उनीहरूलाई अनुसार शुक्रबार बिहान दुई बजेतिर पक्राउ गरेको थियो ।
प्रहरी चौकी सिमरुतबाट प्रहरी निरीक्षक हेमन्त गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो।
पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखिएको छ। उनीहरुलाई शुक्रबार म्याद थपका लागि लगिने भएको छ।