काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी एसएसपी सुरेश काफ्लेले पाएका छन्।
केही दिनअघि निस्किएको एसएसपीको सरूवामा शान्तिराज कोइरालालाई प्रमुखको जिम्मेवारी दिइएको थियो।
प्रधानमन्त्री तथा गृहमन्त्री बालेन शाहस्तरीय निर्णयले कोइरालालाई कार्यालयमा पठाउने निर्णय गरेकोमा विवाद भएपछि काफ्लेलाई जिम्मेवारी दिइएको हो।
कोइराला यसअघि नेपाल प्रहरी प्रदेश कार्यालय जनकपुरमा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए। प्रहरीमा इन्चार्जबाट पुन: इन्चार्ज दिने व्यवस्था छैन। तर उनको हकमा इन्चार्जमार्फत फेरि इन्चार्ज नै सरूवा भएपछि विवाद भएको हो।
यसरी विवाद उत्पन्न भएपछि विशेष ब्युरोमा रहेका काफ्लेलाई ट्राफिक प्रहरी कार्यालयको जिम्मेवारी दिएको हो।
कोइरालाको भने प्रधान कार्यालय अन्तर्गतको बिशेष ब्युरोमा राखिएको छ।