प्यूठानमा जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा १६ नाल भरुवा बन्दुक बरामद भएको छ।
प्रहरी चौकी फोप्लीबाट खटिएको प्रहरी टोलीले सोमबार जिल्लाको नौबहनी गाउँपालिका –७ पाताचौर पोखराको ठूला खोलाको नजिकै खोल्सामा लुकाइ छिपाइ राखेको १ नाले भरुवा बन्दुर दुई थान बरामद गरेको थियो।
त्यस्तै मंगरबार बिहान प्रहरी चौकी बड्डाँडाबाट खटिएको प्रहरी टोलीले जिल्लाको सरूमारानी गाउँपालिका– ३ हंसपुरस्थित खड्क सामुदायिक वनमा रूखमुनि लुकाइछिपाइ राखेको १४ थान भरूवा बन्दुक फेला पारेको थियो।
बेवारिसे अवस्थामा जंगलमा बन्दुक फेला परेको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।