नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका दुई जना र सहायक रथीमा पदोन्नति भएका एक जनाले दर्ज्यान्ही चिन्ह पाएका छन्।
बुधबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति अशोकराज सिग्देलले तीन जनालाई दर्ज्यान्ही चिन्ह प्रदान गरेका हुन्।
सहायक रथीबाट उपरथीमा पदोन्नति भएका भुवनपूर्ण सत्याल र रोशन शम्सेर राणाले दर्ज्यान्ही चिन्ह पाएका छन्।
त्यस्तै, महासेनानीबाट सहायक रथी दर्जामा पदोन्नति भएका उमेश कार्कीले पनि चिन्ह पाएका हुन्।
जेठ २९ गते बसेको मन्त्रिपरिषदको बैठकले उनीहरूको पदोन्नति गर्ने निर्णय गरेको हो।