वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्याइएको छ।
वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरू भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई बुधबार जावलाखेल पुर्याइएको हो।
रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याएको चार दिनमा भोटो देखाइन्छ।
जावलाखेलको ललितमण्डपमा रातो मच्छिन्द्रनाथको रथ पुर्याएको चार दिनमा हरेक वर्ष राष्ट्र प्रमुखको हातबाट भोटो देखाउने प्रचलन भएकाले असार ६ गते शनिबार राष्ट्र प्रमुखबाट भोटो देखाइनेछ।
जावलाखेलको ललितमण्डपमा रहेको रातो मच्छिन्द्रनाथको हरेक दिन भक्तजनहरूले पूजाआजा गर्नेछन्।
हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि सुरू हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौं उपत्यकाको पुरानो र सबभन्दा लामो जात्राका रूपमा चिनिन्छ।
जावलाखेल पुर्याएको चार दिनपछि राष्ट्र प्रमुखले भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ।
तस्बिरहरू:
-1781701856.jpg)
-1781701856.jpg)
-1781701854.jpg)
-1781701855.jpg)
-1781701854.jpg)
-1781701854.jpg)
-1781701855.jpg)
-1781701855.jpg)