सुर्खेतमा पौडी खेल्ने क्रममा एक जना युवकको डुबेर मृत्यु भएको छ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका – ११ झुप्राखोलाको सुब्बाकुनाका २० वर्षीय मनोज बाडा मगरको झुप्राखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।
खोलामा नुहाउन गएका उनी डुबेपछि उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको थियो।
प्रहरीले घटनाबारे राति ९ बजे मात्रै थाहा पाएको थियो।
अचेत अवस्थाका मगरलाई पौने १२ बजेतिर कर्णाली प्रदेश अस्पताल कालागाँउ पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी कबिन्द्रसिंह बोहराले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।