काठमाडौंको खोला नदी किनार फेरिएको छ।
खोला नदी किनारका सुकुम्बासी बस्ती सरकारले वैशाख १२ गतेदेखि डोजर चलाएर भत्काएको थियो।
थापाथली, बल्खु, सिनामंगल र टेकुको बंशीघाटस्थित बागमती नदी किनार र गोंगबु क्षेत्रमा विष्णुमति किनार, मनोहरा नदी किनार लगायत सुकुम्बासकीहरूको बाक्लो आवादी रहेको वस्ती खाली गरेर सरकारले डोजर चलाएको थियो।
वस्ती भत्काइसकेपछि मात्रै सरकारले त्यहाँ बसोबास गर्दै आइरहेका मानिसहरूको स्क्रिनिङ गरेको थियो। सुकुम्बासीहरूको स्थायी बसोबासको टुंगो अझै लागेको छैन।
वस्ती खाली गरेपछि नदी किनार क्षेत्र भने अहिले सम्याइएको छ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण तथा काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा खाली भएका क्षेत्रको संरक्षण, हरियाली प्रवर्द्धन, नदी किनार व्यवस्थापन तथा पुनः अतिक्रमण हुन नदिने उद्देश्यले आवश्यक संरचना निर्माण तथा निगरानीका कार्यहरू सञ्चालन गरिरहेका छन्।
तारबार, वृक्षारोपण, पैदलमार्ग निर्माण, सौन्दर्यीकरणका कामहरू पनि भइरहेका छन्।
यस्ता छन् खोला/नदी किनारको बदलिएको स्वरूप—
-ink-1781760170.jpeg)
-ink-1781760170.jpeg)
-ink-1781760170.jpeg)
-ink-1781760170.jpeg)
-ink-1781760170.jpeg)
-ink-1781760171.jpeg)
-ink-1781760171.jpeg)
-ink-1781760171.jpeg)
-ink-1781760171.jpeg)
-ink-1781760171.jpeg)
-ink-1781760172.jpeg)
-ink-1781760172.jpeg)
-ink-1781760172.jpeg)
-ink-1781760172.jpeg)
तस्बिरः सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी