पोखराको पृथ्वीचोकस्थित पोखरा बसपार्कमा बस्दै आएका व्यक्तिहरूले घर छाडेपछि डोजर लगाएर ठाउँ खाली गराइएको छ।
बसपार्क बनाउन सुकुम्बासी बस्ती हटाउने, अतिक्रमण हटाउने र लालपुर्जा भएकै व्यक्तिलाई पनि अन्यत्र स्थानान्तरण गर्ने गरी महानगरले अनुरोध गरेपछि उनीहरू बसपार्क छाड्न राजी भएको पोखरा– ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए।
‘बसपार्क बनाउन सबै जनाले साथ दिनुभएको छ, आज डोजर चलेको ठाउँमा कतिपयको जग्गाको लालपुर्जा देखिन्छ,’ उनले भने, ‘लालपुर्जा भएका व्यक्तिको लालपुर्जा अध्ययन गरेर व्यवस्थापन गर्न अर्को निर्णय गरिनेछ।’
पोखरा उपत्यका नगर विकास समितिले केही व्यवसायीले जग्गा अधिग्रहण गर्दा बसपार्क क्षेत्रमा लालपुर्जा दिएर सट्टाभर्ना गरेको थियो।
यसरी बसपार्कको जग्गा पाउने कतिपय व्यवसायीले पनि जग्गा छाड्न तयार भएको पोखरा महानगरले जनाएको छ। घरधनीले बसपार्कका लागि घर खाली गराएपछि डोजर लगाएर संरचना भत्काएको वडाध्यक्ष मर्सानीले बताए।
पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा लालपुर्जा देखिएको व्यक्तिको लालपुर्जा छानबिन गर्न र सुकुम्बासीलाई स्थानान्तरण गर्न अर्को जग्गाको खोजबिन गरी सिफारिस गर्न समिति गठन गरेको छ।
महानगरका मेयर धनराज आचार्यले समितिले द्रुत गतिमा काम गरिरहेको र केही दिनमै प्रतिवेदन आउने बताएका छन्।
-1781779692.jpg)
-1781779691.jpg)
-1781779692.jpg)
-1781779691.jpg)
-1781779691.jpg)
-1781779689.jpg)
-1781779691.jpg)
-1781779690.jpg)
-1781779690.jpg)
-1781779690.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी