भक्तपुरको ऐतिहासिक तथा पर्यटकीयस्थल सिद्ध पोखरी (तःपुखुः) को पुनर्निर्माण तथा मर्मत सम्भार भइरहेको छ।
भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत जेठ २० गतेदेखि सुरू गरेको कार्यअन्तर्गत भूकम्पका कारण क्षति पुगेका पोखरी वरपरका पेटी तथा हिँड्ने बाटो पुनर्निर्माण भइरहेको छ।
साथै पोखरीको पिँधमा जमेको हिलो सफा गर्ने काम पनि चलिरहेको छ।
निर्माण कार्यका लागि पोखरीको पानी सुकाएर यहाँका माछाहरू अन्यत्र सारिएका छन्। यस अवधिमा डुंगा सयर लगायत गतिविधि अस्थायी रूपमा बन्द गरिएको छ।
नगरपालिकाले आउँदो भदौ महिनाको दोस्रो साताभित्र, इन्द्र जात्राअघि नै सम्पूर्ण पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ।
तस्बिरहरु :
-1781800066.jpg)
-1781800064.jpg)
-1781800065.jpg)
-1781800065.jpg)
-1781800065.jpg)
-1781800065.jpg)
-1781800065.jpg)
-1781800065.jpg)
-1781800064.jpg)
-1781800064.jpg)
-1781800064.jpg)