राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।
बोर्डले गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने निर्णय गरेको हो।
यस वर्ष ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
नियमिततर्फ ३ लाख ३२ हजार २४१ जना विद्यार्थीले परीक्षा दिएका हुन्। यसमध्षे ६९.७५ प्रतिशतले परीक्षा उत्तीर्ण गरेका हुन्।
त्यस्तै, आंशिकतर्फ ८५ हजार ९२९ जनाले परीक्षा दिएकोमा ४२.३८ प्रतिशतले परीक्षा उत्तीर्ण गरेको बोर्डले जनाएको छ।
कुल ४ लाख १८ हजार १७० जनाले परीक्षा दिएकोमा ६४.१३ प्रतिशत उत्तीर्ण भएको हो।
यसवर्ष जम्मा ४० जनाको परीक्षा रद्द गरेको छ।