सुर्खेतमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।
भेरी गंगा नगरपालिका – ७ काठेघारीकी १७ वर्षीया निर्मला विकको शनिबार माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो।
प्रहरीका अनुसार विक आफ्नो घरदेखि १ किलोमिटर पूर्व दक्षिणस्थित जंगलमा माटो खन्न गएको समयमा बिहान ११ बजेतिर ढिस्कोले पुरिँदा घटनास्थलमै मृत्यु भएको थियो।
वडाध्यक्ष कर्णबहादुर मिजारले घटनाबारे सूचना दिएपछि अस्थायी प्रहरी पोष्ट जहरेबाट प्रहरी सहायक निरीक्षक प्रेमबहादुर गुरूङ र इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक प्रकाशकुमार केसीको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो।