सुर्खेतमा प्रहरी हिरासतमा अचेतपछि मृत्यु भएका एक जना युवाको शव हप्ता दिनपछि परिवारले बुझेका छन्।
जेठ ३० गते बिहान साढे ४ बजे वीरेन्द्र नगरपालिका – १० का २१ वर्षीय साबिर बक्स जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्षमा अचेत अवस्थामा फेला परेका थिए। उनी जेठ २७ गते मोबाइल चोरी आरोपमा पक्राउ परेका थिए। अचेत अवस्थाका उनलाई कर्णाली प्रादेशिक अस्पताल कालाखेत पुर्याएर चेकजाँच गरेपछि प्रहरीले साढे ५ बजेतिर मृत घोषणा गरेका थिए।
यो घटनापछि साबिरका ठूलो बुवा निकाय अन्सारीको नेतृत्वमा केही स्थानीय जिल्ला प्रहरी कार्यालयको गेटमा पुगेर घटनालाई हत्याको संज्ञा दिँदै शव नबुझ्ने चेतावनी दिएका थिए।
पीडित पक्ष प्रमुख जिल्ला अधिकारी समक्ष पनि पुगेका थिए। घटना छानबिनका लागि प्रमुख प्रशासकीय अधिकृत गीता बरै मगरको संयोजकतत्वमा ५ सदस्यीय छानबिन टोली गठन भएको थियो।
शनिबार शव पोष्टमर्टमपछि मृतकका अर्का ठूलो बुवा हबिबक्स मियाले बुझेको प्रहरीले जानकारी दिएको छ।