सुर्खेतमा एक जना नवजात शिशुको शव फेला परेको छ।
वीरेन्द्रनगर नगरपालिका–६ स्थित घन्टाघरको पछाडि देवलको छेउमा अन्दाजी ९/१० महिनाको जस्तो देखिने नवजात शिशु बालकको सडेगलेको अवस्थाको शव फेला परेको हो।
घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक दीपक मगराठी नेतृत्वका टोली खटिएको छ।
घटनास्थल जिप्रकादेखि करिब ७०० मिटर पश्चिममा पर्छ।