सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० बगुवामा खेतमा बाँदर धपाउन राखेको विद्युतीय पासोमा परी ६६ वर्षका भीमप्रसाद दुलालको ज्यान गएको छ।
घर नजिकै रहेको खेतमा धानको बीउ राख्न जाँदा करेन्टको पासोमा परेर दुलालको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
घटनामा ज्यान गइसकेपछि आफन्तले देखेर प्रहरीलाई खबर गरेका थिए।
घटना बारेमा अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।