कञ्चनपुरमा श्रीमतीमाथि तातो तेल खन्याएर भागेका श्रीमान पक्राउ परेका छन्।
भिमदत्त नगरपालिका-८ तिलाचौर बस्ने ३४ वर्षीय अशोक भट्टलाई प्रहरीले पक्राउ गरेको डिएसपी टेकबहादुर रावतले जानकारी दिए।
उनले पुस १५ गते सेलरोटी पकाउँदै गरेकी श्रीमतीलाई तातो तेलले अनुहार र शरीरमा खन्याएर भागेका थिए।
भट्टलाई प्रहरीले पक्राउ गर तेजाब वा अन्य रासायनिक, जैविक वा विशालु पदार्थ प्रयोग गरी कुरूप पार्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ।