क्रियाशील दलित पत्रकार संघ नेपालको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ।
निर्वाचन समितिका संयोजक बाबुराम विश्वकर्माका अनुसार अधिवेशनले प्रकाश धौलाकोटीको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो।
संघको वरिष्ठ उपाध्यक्षमा केशव भुल, उपाध्यक्षमा विश्वास खड्काथोकी र महासचिवमा विष्णु परियार चयन भएका छन्।
त्यस्तै सचिवमा जसिन्द्र श्रीपाइली र सम्झना बिक निर्वाचित भएका छन् भने सुविन विश्वकर्माले कोषाध्यक्षको जिम्मेवारी पाएका छन्।
देशभरका दलित समुदायका क्रियाशील पत्रकारलाई गोलबद्ध गर्दै व्यावसायिक हकहित र समावेशी सञ्चारमाध्यमका लागि वकालत गर्दै आएको यस सङ्घको नयाँ कार्यसमितिमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व रहने गरी सदस्यहरू पनि सर्वसम्मत चयन गरिएको छ।
केन्द्रीय सदस्यमा अजिरसिंह बिक, सरिशा आछामी), शिवराज परियार, सरस्वती सुनार, राजेश भुल, कमल विक, सागर परियार, अन्जु सुनार, उमेश विश्वकर्मा, लीलामाया ठटाल, लवण श्रीपाली र प्रकाश बिसी निर्वाचित भएका छन्।
०७६ सालमा स्थापना भएको संस्थामा पवित्रा सुनार संस्थापक अध्यक्ष थिइन्।
अधिवेशनको उद्घाटन राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिश्वकर्माले गरेका थिए। अधिवेशनमा नेपाली कांग्रेस राष्ट्रिय सभाका सचेतक पदम परियार, नेकपा प्रतिनिधि सभा सचेतक पार्वती विक, एमालेबाट राष्ट्रिय सभा सदस्य सोमनाथ पोर्तेल, नेकपाबाट प्रतिनिधि सभा सदस्य गणेश विश्वकर्मा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद बागचन्द, त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख डाक्टर कुन्दन अर्याल, वरिष्ठ पत्रकार हिरा विश्वकर्मा र बाबुराम विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए।
सो अवसरमा संघले स्व. पत्रकार एलबी विश्वकर्मालाई मरणपरान्त सम्मान गरेको छ। पत्रकार विश्वकर्माको कोभिड १९ सङ्क्रमणको बेला चार वर्षअघि आर्थिक अभावका कारण उपचार नपाएर मृत्यु भएको थियो।