बाँके प्रहरीले ३५ ग्राम बढी ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
खजुरा गाउँपालिका–५ उढरापुरबाट ब्राउन सुगरसहित शनिबार राति साढे १० बजेतिर स्थानीय ३१ वर्षीय मुजमिल खाँ पक्राउ परेका हुन्।
लागुऔषध ब्युरो शाखा नेपालगञ्ज र इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा उभिरहेका खाँलाई नियन्त्रण लिएको हो।
उनीबाट ३५ ग्राम १९० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
खाँ माथि आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।