दाङको लमही नगरपालिकाले विद्यार्थीलाई चार दिन गर्मी बिदा दिएको छ।
अत्यधिक गर्मी बढेका कारण नगरपालिकाले असार ९ गतेदेखि १२ गतेसम्म चार दिन गर्मी बिदा दिएको हो।
नगर शिक्षा समितिको असार ५ गते बसेको बैठकले गरेको निर्णय अनुसार विद्यार्थीका लागि गर्मी बिदा दिने निर्णय गरिएको जनाएको छ।
बढ्दो गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको हुँदा बर्खे बिदाबाट कट्टी गर्ने गरी चार दिन बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
मौसम विभाग कार्यालय घोराही दाङका अनुसार सोमबार दिउँसो दाङको अधिकतम तापक्रम ३५ दशमलव ८ डिग्री मापन गरिएको थियो।
घोराही मापन केन्द्रको भन्दा अधिक गर्मी लमही क्षेत्रमा हुने गर्छ।