दाङको तुलसीपुरमा मकैबारीमा एक महिलाको शव फेला परेको छ।
तुलसीपुर उपमहानगरपालिका –१३ गिदिनियाकी ६० वर्षीया चेच्या चौधरी आफ्नै घर नजिकको मकै बारीमा मंगलबार बेलुकी मृत अवस्थामा फेला परेकी हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक अशिम हमालका अनुसार शव पोस्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।
बुधबार शवको पोस्टमर्टम गर्ने तयारी छ।
प्रहरी निरीक्षक हमालका अनुसार मृतकको शरिरमा कुनै चोट पटक वा बाहिरी खत छैन ।
मृतकले मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान मात्रै उनी गाउँमा काम गर्न गएकी थिइन्। मृतकका श्रीमान अम्मरराज चौधरी लगायत परिवारका सदस्य घरमै छन् ।
तुलसीपुर – १३ का वडाध्यक्ष मोहन पौडेलका अनुसार मृतक महिला नाताले तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर श्यानी चौधरीकी माइली भाउजु हुन्।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी पुगेर बेलुका अबेर शव तुलसीपुरस्थित अस्पतालमा ल्याएको थियो।