सुर्खेत प्रहरीले बलात्कार मुद्दामा पाँच वर्ष कैद सजाय तोकिएका एक व्यक्तिलाई पक्राउ गरेको छ।
वीरेन्द्रनगर नगरपालिका–११ का २८ वर्षीय कृष्ण रिजाल वीरेन्द्रनगर–८ बाट बुधबार पक्राउ परेका हुन्।
सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी कबिन्द्रसिंह बोहराका अनुसार जिल्ला अदालत सुर्खेतले बलात्कार मुद्दामा रिजाललाई ५ वर्ष कैद र साढे २ लाख रुपैयाँ जरिवानको फैसला सुनाएको थियो। उनी फरारको सूचीमा थिए।
पक्राउ पछि रिजाललाई अदालत पेस गरिएको र अदालतको आदेशले फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको डिएसपी बोहराले बताए।