गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चन्द्रागिरीको मातातीर्थ बस्ने ४७ वर्षीया चेतन ए.एम (पौडेल)लाई पक्राउ गरेको हो।
नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट नियमित गरिने अनुगमनको क्रममा चन्द्रागिरिमा रहेको स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा चिकित्सकको रूपमा पौडेलले काम गरेको पाएको हो।
उनले एनएमसी नम्बर समेत प्राप्त नगरी बिरामीको आधुनिक चिकित्सा निदान उपचारमा संलग्न भएको, औषधि सिफारिस गरेको फेला परेको ब्युरोका प्रवक्ता एसएसी अनुपम शमशेर जबराले जानकारी दिए।
उनलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।