रोल्पामा विद्यालयको छतबाट लडेर एक जना बालिकाको घटनास्थलमै मृत्यु भएको छ।
लुङ्ग्री गाउँपालिका–२ सिर्पकी ५ वर्षीया समीक्षा नेपालीको घटनास्थलमै मृत्यु भएको घटनास्थल पुगेका जिल्ला प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए।
उनी स्थानीय धनबहादुर नेपालीकी छोरी हुन्।
सिर्पस्थित गोकुल माध्यमिक विद्यालयका शिशु कक्षमा अध्ययनरत समीक्षा भवनको तीन तले छतमा खेल्दै गर्दा बिहान ९:२५ बजेतिर अन्दाजी ४० मिटर मुनि लड्न पुगेकी थिइन्।
अचेत अवस्थाकी समीक्षालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको ठानेर फिर्ता ल्याइएको थियो।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बालिकाको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाबारे थप अनुसन्धान हुने उनले जनाकारी दिए।