कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुंगा लाग्दा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भीरबाट खसेको ढुंगा लागेर रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटाको मृत्यु भएको हो।
उनको घटनास्थलमा मृत्यु भएको हो। टमटा डोजर चलाइरहेका थिए। (रासस)