लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोले दुई जनालाई काठमाडौंबाट खैरो हेरोइन ८६.७२० ग्रामसहित पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
काठमाडौंको ढल्कुबाट रामेछाप दोरम्बा गाउँपालिका-३ का ४२ वर्षीय टेकबहादुर थापामगरलाई प्रहरीले ६.७२० ग्रामसहित पक्राउ गरेको थियो।
अनुसन्धानको सिलसिलामा सिन्धुलीका २४ वर्षीय सन्तबहादुर बस्नेतलाई ८० ग्रामसहित पक्राउ गरेको हो।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।