प्युठानमा पार्किङ गरिराखेको कारको मुनि एक जना व्यक्ति मृत फेला परेका छन्।
झिमरूक गाउँपालिका–४ कौसीका ४२ वर्षीय लालमणि पोख्रेल कारको मुनि भुइँमा सुतिरहेको अवस्थामा मृत फेला परेका हुन्।
शुक्रबार दिउँसो साढे ३ बजेतिर स्थानीयले कारको मुनि सुतिरहेको अवस्थामा मानिसको मृत्यु भएको भन्ने सूचना दिएपछि इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी निरीक्षक महेश्वरी विष्टको नेतृत्वमा प्रहरी टोली पुगेको थियो।
पोखरेल प्युठान नगरपालिका –४ जुम्रीस्थित यमुना होटल अगाडि नजिकै रोकिराखेको प्रदेश ३–०२४ च ०७३२ नम्बरको कारको बायाँ साइडको पछाडिको टायर नजिकै मृत फेला परेका थिए।
शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल पठाइएको छ।
घटनाबारे थप अनुसन्धा भइरहेको पनि प्रहरीले जनाएको छ।