बाजुरामा घाँस झार्न रूख चढेकी ९ वर्षीया एक बालिकाको शनिबार दिउँसो लडेर मृत्यु भएको छ।
खप्तड छेडेदह गाउँपालिका – ३ बुडाबाउलाकी ९ वर्षीया प्रिन्सा रावतको रूखबाट लडेर मृत्यु भएको हो।
बाजुरा प्रहरीका अनुसार उनी स्थानीय आइते रावतको छोरी हुन्।
दिउँसो १ बजेतिर बालिका आफ्नो घर नजिकैको बारीमा रहेको तिमिलाको रूखमा घास काट्न चढेकी थिइन्।
घाँस काट्ने क्रममा लडी गम्भीर घाइते भएकी उनलाई उपचार लागि प्रादेशिक अस्पताल बयालपाटा अछाममा लगिएको थियो।
त्यहाँ उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
शवको पोष्ट मर्टमपछि अभिभावकले बुझेर लगेका छन्।