कास्कीको लेखनाथस्थित शिशुवामा आयोजित २१ औँ रोपाइँ महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकहरूले मनाएका छन्।
पोखरा पर्यटन परिषद्को आयोजनामा सम्पन्न महोत्सवमा सहभागीहरूले परम्परागत नेपाली शैलीमा धान रोप्दै हिलोसँग रमाइलो गरेका हुन्।
महोत्सवमा विभिन्न देशबाट आएका विदेशी पर्यटकसँगै आन्तरिक पर्यटक, स्थानीय बासिन्दा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले खेतमा उत्रिएर धान रोपाइँको अनुभव लिएका थिए।
नेपाली लोकसंस्कृतिको झल्को दिने असारे गीत, पञ्चेबाजा, नाचगान र हिलो खेलले महोत्सवलाई थप आकर्षक बनाएको थियो। पर्यटकहरूले किसानसँगै हिलोमा पस्दै धान रोपे, हिलो खेल खेले र ग्रामीण जीवनशैलीलाई नजिकबाट अनुभूति गर्ने अवसर पाए।
आयोजकका अनुसार पछिल्ला वर्षहरूमा रोपाइँ महोत्सव विदेशी पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्दै गएको छ।
नेपाल भ्रमणमा आएका पर्यटकहरूले प्राकृतिक सौन्दर्यसँगै नेपाली कृषि संस्कृति र परम्परालाई प्रत्यक्ष अनुभव गर्न पाउने भएकाले यस्ता कार्यक्रमप्रति उनीहरूको आकर्षण बढ्दै गएको आयोजकको भनाइ छ।
तस्बिरहरू:
-1782644507.jpg)
-1782644507.jpg)
-1782644506.jpg)
-1782644505.jpg)
-1782644506.jpg)
-1782644506.jpg)
-1782644507.jpg)
-1782644506.jpg)
-1782644505.jpg)
-1782644505.jpg)
-1782644505.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी