कीर्तिपुरको होल्डिङ सेन्टरबाट प्रहरीले एकजना सुकुम्बासीलाई नियन्त्रणमा लिएको छ।
होल्डिङ सेन्टरमा बस्दै आएका ३९ वर्षीय डम्बर बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनलाई सार्वजनिक शान्ति विरूद्धको कसुरमा शनिबार नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
'उनले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई लिएर नियन्त्रणमा लिएका हौं,' उनले भने।
उनलाई अहिले सिंहदरबार प्रहरी कार्यालयमा राखिएको छ। उनले एक अन्तर्वातामा आफूलाई थापाथलीबाट उठाउँदा काठमाडौंमा उचित बसोबासको व्यवस्था गरिदिने भनको र त्यही अनुसार ८ लाख रूपैयाँ र घर नदिएसम्म होल्डिङ सेन्टर नछोड्ने बताएका छन्।
त्यस्तै, सरकारले पैसा, घर नदिए खुकुरी बोकेर सिंहदरवार जाने भन्दै बोलेका छन्। सोही कारण उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनलाई नियन्त्रणमा लिएसँगै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाहरूले उनको रिहाइको माग गरेका छन्।