जर्मनीमा गोली चल्दा ६ जना मारिएका छन्।
सोमबार दिउँसो १२ बजेतसर एक हामबर्ग नजिकै रहेको युथ वेलफेयर फ्यासिलिटीमा गोली चलेको बिबिसीले जनाएको छ।
छोरीको ‘कस्टडी’ (आफूले हेरचाह गर्ने अधिकार) राख्ने विषयमा विवाद हुँदा ४५ वर्षीय पुरूषले गोली चलाएका हुन्।
गोली लागेर चार जना महिला र दुई जना पुरूषको मृत्यु भएको हो। उनीहरु सबै जना त्यही फ्यासिलिटीमा काम गर्थे। गोलीबारी हुँदा केही मानिसहरू घाइते समेत भएका छन्।
प्रहरी अधिकारीका अनुसार गोली चलाउने व्यक्तिका ३ महिने छोरी र आमा पनि त्यहीँ थिए। तर उनीहरू सुरक्षित छन्।
प्रहरीले ती पुरूषसहित शंकास्पद तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
पक्राउ परेका पुरूष छोरीको कस्टडी राख्ने विषयमा छलफल गर्न पुगेका थिए।