काठमाडौं उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको लामो ढिलाइले राजधानीको समग्र शहरी स्वरूप प्रभावित बनेको छ। निर्माण सामग्री, धुलोधुँवा र अव्यवस्थित सडकका कारण धेरै स्थान कुरूप देखिँदा सर्वसाधारणले सास्ती खेपिरहेका छन्।
तर चक्रपथ अन्तर्गत कोटेश्वर–कलंकी सडक खण्डको ललितपुरस्थित सानेपा क्षेत्र भने हरियालीका कारण आकर्षणको केन्द्र बनेको छ।
ललितपुर महानगरपालिका र विभिन्न सरोकारवाला निकायको सहकार्यमा करिब सात वर्षअघि सडक किनारमा रोपिएका वृक्षहरू अहिले राम्रोसँग हुर्किएपछि सानेपा क्षेत्र हराभरा बनेको हो। सडकका दुवैतर्फ फैलिएको हरियालीले सहरको सौन्दर्य अभिवृद्धि गर्नुका साथै वातावरणलाई पनि स्वच्छ बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ।
सुरूआती पाँच वर्षसम्म यो सडक खण्डमा दायाँबायाँ वृक्षरोपण र हरियाली प्रवर्द्धनको काम एनसेलले गरेको थियो।
विशेषगरी हालको गर्मीयाममा घना वृक्षहरूले शीतलता प्रदान गरेपछि स्थानीय बासिन्दा, पैदलयात्री तथा यात्रुहरू केहीबेर विश्राम गर्न र गर्मी छल्न सडक किनारमै बस्ने गरेका छन्। हरियालीले सवारी आवागमन हुने व्यस्त सडकलाई पनि थप आकर्षक र सहज बनाएको छ।
ललितपुर महानगरपालिकाले हरियाली सहर निर्माणलाई प्राथमिकतामा राख्दै दीर्घकालीन योजना तथा कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएको छ। महानगरले सडकको दायाँबायाँ, नदी किनार तथा भूक्षयको जोखिम रहेका क्षेत्रहरूमा विशेष नीति अपनाएर वृक्षारोपण अभियान सञ्चालन गरिरहेको छ।
त्यसैगरी निजी क्षेत्रको सामाजिक उत्तरदायित्व अन्तर्गत पनि तोकिएका प्रजातिका बिरुवा रोप्ने व्यवस्था मिलाइएको महानगरले जनाएको छ। काठमाडौं उपत्यकाको बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि ‘स्वच्छ हावा परियोजना’ लगायत विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेर हरियाली विस्तार तथा वातावरण संरक्षणका कार्यक्रम अघि बढाइएको छ।
चक्रपथ निर्माणको ढिलाइले राजधानीका धेरै क्षेत्र अस्तव्यस्त देखिए पनि सानेपाको हरियालीले योजनाबद्ध वृक्षारोपण र दीर्घकालीन संरक्षणले शहरी वातावरणलाई कसरी सुन्दर, स्वच्छ र बस्नयोग्य बनाउन सक्छ भन्ने सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।
तस्बिरहरू:सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
-1782791588.jpeg)
-1782791588.jpeg)
-1782791587.jpeg)
-1782791587.jpeg)
-1782791586.jpeg)
-1782791586.jpeg)
-1782791587.jpeg)
-1782791587.jpeg)
-1782791586.jpeg)
-1782791586.jpeg)
-1782791585.jpeg)
-1782791585.jpeg)
-1782791585.jpeg)
-1782791585.jpeg)
-1782791585.jpeg)
-1782791585.jpeg)