तुलसीपुरमा एक जना युवाको शौचालयमा लडेर मृत्यु भएको छ।
दंगीशरण गाउाँपालिका–४ मौलीका २७ वर्षीय प्रेम चौधरीको शौचालय गएको समयमा लडेर मृत्यु भएको दाङ प्रहरीले जानकारी दिएको छ।
सोमबार दिउँसो उनी तुलसीपुर उपमहानगरपालिका–५ हिमाल टोलस्थित प्रशाराम वलीको घरमा ट्यांकरबाट पानी लिएर गएका थिए। पानी ट्यांकीमा हालेर सकेपछि उनी सोही घरमा शौचालय गएका थिए। त्यसक्रममा लडेर उनी गम्भीर घाइते भएका थिए।
लडेपछि अचेत अवस्थामा फेला परेका उनलाई तत्काल इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले उद्धार गरी नजिकैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो।
मृतक चौधरी तुलसीपुर उपमहानगरपालिका–६ स्थित भण्डारी जल सेवाको रा १ त ३२०४ नम्बरको ट्याक्टर चालक हुन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।