लागुऔषध मुद्दामा १५ वर्ष कैद सजाय तोकिएर कारागार चलान भई जेलबाट भागेका कैदीबन्दी पक्राउ परेका छन्।
कपिलवस्तुको विजयनगर गाउँपालिका–४ देउपुरका ३३ वर्षीय बब्लु भनिने बुधई यादव गत भदौ २४ गते जेनजी आन्दोलनको फाइदा उठाउँदै दाङको तुलसीपुर कारागार तोडफोड गरी भागेका थिए।
कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहका अनुसार लागुऔषध मुद्दामा यादव विरूद्ध दाङ जिल्ला अदालतले २०८०/०३/२७ गते ५ वर्ष कैद र ५ हजार जरिवाना तोकेको थियो।
सोही लागुऔषध मुद्दामा २०८१/०३/१४ गते जिल्ला अदालत कपिलवस्तुले उनलाई १० वर्ष कैद र ७५ हजार जरिवानाको फैसला सुनाएको थियो। दाङ र कपिलवस्तु अदालतको सजाय गरी यादवलाई कुल १५ वर्ष कैद र ८० हजार जरिवाना तोकिएको थियो।
उनै यादव पक्राउ परेको केही समयमै २०८२ भदौ २३ गतेदेखि सुरू भएको जेनजी आन्दोलन र भदौ २४ गते देशभरका कारागारमा सृजना भएको अशान्तिको मौका छोपी तुलसीपुर कारागार तोडफोड गरी फरार भएका थिए।
कपिलवस्तुको विजयपुर गाउँपालिका–४ जोलाहीमा यादव लुकीछिपी बस्दै आएको भन्ने गोप्य सूचनाका आधारमा जिल्लाको इलाका प्रहरी कार्यालय गणेशपुर कपिलवस्तुबाट प्रहरी निरीक्षक महेशकुमार आचार्यको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई असार १४ गते नियन्त्रणमा लिएको थियो।
नियन्त्रणपछि लगातार दुई दिन बिदाको दिन परेको हुँदा मंगलबार मात्रै उनलाई कपिलवस्तु जिल्ला अदालतमा पेस गरिएको थियो।
अदालतको आदेशले तोकिएको १५ वर्षको सजाय भुक्तान र ८० हजार जरिवानाका लागि यादवलाई मंगलबार कारागार चलान गरिएको डिएसपी सिंहले जानकारी दिए।
नियन्त्रणपछि उनलाई दोस्रो दिन सोमबार अदालतमा पेस गरिएको थियो।
मंगलबार मात्रै कपिलवस्तु प्रहरीले उनलाई फेरि कारागार चलान गरिएको जानकारी दिएको हो।
अदालतको आदेशले तोकिएको १५ वर्षको सजाय भुक्तान र ८० हजार जरिवानाका लागि यादवलाई फेरि कारागार चलान गरिएको डिएसपी सिंहले जानकारी दिए।