ललितपुरको सानेपाबाट कबाडी बोकेका १० वटा ट्रक सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ।
आवश्यक कागजपत्रबिना कबाडी लोड गरेर उपत्यकाबाहिर जान लागेका ती ट्रकलाई मंगलबार साँझ सानेपाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डिआइजी नेत्रबहादुर कार्कीले जानकारी दिए।
ती ट्रक आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन लैजाने तयारी छ।