नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीको निधन भएको छ।
बुधबार बिहान मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी तुलबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार पूर्वडिआइजी चन्द करिब १० दिन अगाडि भैंसेपाटीस्थित निवासमा लडेका थिए।
लडेर उनको टाउकोमा चोट लागेको थियो। उपचारका लागि उनलाई मेडिसिटी अस्पताल पुर्याइएको थियो।
उनको निधन भएपछि अहिले आफन्तहरू जम्मा भइरहेका छन्।
उनको आजै पशुपतिमा अन्त्यष्टि गर्ने तयारी छ।