भरतपुरको नर्सिङ अस्पतालमा अध्ययनरत २८ वर्षिय सन्तोषी श्रेष्ठको खोजी गर्न देवघाटमा सशस्त्र प्रहरी बलको गोताखोर परिचालन भएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट देवघाटमा गोताखोर परिचालन गरेको सह-प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार तनहुँको बन्दिपुर गाउँपालिका–४ घर भई हाल पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–२ डेरा गरी बस्ने श्रेष्ठ असार १४ गतेदेखि सम्पर्कबिहिन थिइन्।
उनले चलाएको स्कुटर भरतपुर महानगरपालिका–१ स्थित देवघाटमा फेला परेको हो।