प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रसारण अवरूद्ध भएको छ।
इन्टरनेट सेवा प्राविधिक कारणले प्रभावित हुँदा बैठकको प्रत्यक्ष प्रसारण भने हाल अवरुद्ध रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयका प्रवक्ता एकराम गिरीले मर्मत कार्य भइरहेकाले चाँडै प्रत्यक्ष प्रसारण सञ्चालन हुने जानकारी दिए।
बैठक ११ बजेदेखि बसिरहेको छ।
सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, सार्वजनिक खरिद विधेयक, सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण विधेयक, सहकारी विधेयक र स्वास्थ्य विज्ञन प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने कार्यसूची छ।