नेपाल प्रहरीका आठ जना एआइजीको सरकारले सरूवा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आठ जना एआइजीको सरूवा गर्ने निर्णय गरेको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा उमाप्रसाद चतुर्वेदीको सरूवा भएको छ। यसअघि उनी कार्य विभागमा कार्यरत थिए।
ब्युरोका प्रमुख रहेका मनोज केसीको अपराध अनुसन्धान विभागमा सरूवा भएको छ।
त्यस्तै एआइजी सुशील सिंह राठौर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख भएका छन्।
काठमाडौंमा रहेका एआइजी ईश्वर कार्कीको मानव स्रोत विकास विभागमा सरूवा भएको छ।
मानव स्रोतमा रहेका एआइजी राजन अधिकारीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठन (प्रहरी एकेडेमी) मा सरूवा भएको छ।
त्यस्तै एकेडेमीबाट सिद्धिबिक्रम शाहलाई प्रदेश समन्वय विभागमा सरूवा गरेको छ।
त्यसैगरी हिमालय कुमार श्रेष्ठको कार्य विभागमा सरूवा भएको छ। एआइजी डम्बर विकको प्रशासन विभागमा सरूवा भएको छ।