जाजरकोट प्रहरीले महिलाई डरत्रास देखाई आपराधिक लाभ लिन खोज्ने एक जना व्यक्तिलाई बिहीबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा छेडागाड नगरपालिका – १३ काडासोतीका २७ वर्षीय अमर परियार हुन्।
जाजरकोटका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुधिरराज खड्काका अनुसार उनी पूर्वनिर्वाचन प्रहरी हुन्।
असार १३ गते छेडागाड – १२ कार्कीगाउँकी राजकुमारी शाहीले आफ्नो मोबाइल हराएकी थिइन्।
शाहीको मोबाइल फेला पारेपछि परियारले लक तोडेर शाहीका आफन्तलाई अपशब्द प्रयोग गरी म्यासेज पठाउँदै आएका थिए।
परियारले शाहीको बदनाम गर्ने, चरित्र हत्या गर्ने, अपमानित तथा हैरानी गर्दै डर त्रास देखाउँदै आएका थिए। परियारले त्यसको बदलामा ५० हजार माग गरिरहेका थिए। शाहीको उजुरीपछि प्रहरीले आरोपी परियारलाई बिहीबार बिहान ५ बजे नै पक्राउ गरेको थियो।
जिल्ला अदालतले आपराधिक लाभ सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न परियारलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न बिहीबार म्याद थप गरी दिएको प्रहरी निरीक्षक खड्काले बताए।