बलात्कार मुद्दामा आठ वर्ष कैद तोकिएका एक जना फरार प्रतिवादीलाई रूकुम पश्चिम प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका–५ जिवाङका ४० वर्षीय चन्द्रबहादुर दमाई छन्।
प्रहरीरी निरीक्षक झबिन्द्र परियारका अनुसार २०६७ माघ १ गते बलात्कार घटना पछि उनी फरार थिए।
जिल्ला अदालत रूकुम मुसिकोटले २०७० मंसिर २५ गते चन्द्रबहादुरलाई बलात्कार मुद्दामा ८ वर्ष कैद सजायको फैसला सुनाएको थियो।
फरारको सूचीमा रहेका उनी त्रिवेणी गाउँपालिका–४ दलसिंङ्गेबाट सोमबार बेलुकी पक्राउ परेका हुन्।
पक्राउ परेका उनलाई मंगलबार प्रहरीले अदालतमा पेस गर्ने तयारी छ।