कैलाली प्रहरीले मध्यराति प्रहरी हिरासतबाट भागेका एक जना थुनुवालाई पक्राउ गरेको छ।
टीकापुर नगरपालिका– २ राजिपुरका ३१ वर्षीय संजय नगार्ची टिकापुर– ४ अस्नेरीबाट बिहीबार बिहान पक्राउ परेका हुन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार अनी से २ प १०४५ नम्बरको मोटरसाइकल चलाएर सीमा क्षेत्र पार गर्ने उद्देश्यले भाग्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन्।
नगार्ची असार ९ गते खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका थिए।
मध्यराति पानी माग्ने बहानामा ढोका खोल्न पठाएर प्रहरीलाई झुक्क्याउँदै नगार्ची भागेपछि ड्यटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई निलम्बन गरी अनुसन्धान भइरहेको छ।
पक्राउ पछि उनलाई प्रहरी हिरासतमा राखिएको छ।