जाजरकोट प्रहरीले २४ नाल भरूवा बन्दुक बरामद गरेको छ।
जिल्लामा संचालित विशेष अपरेसनका क्रममा विभिन्न स्थानबाट २४ नाल भरूवा भन्दुक बरामद भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुधिरकुमार खड्काले बताए।
जिल्लाका शान्ति सुरक्षा कायम गर्न तथा वन्यजन्तु तथा पशु पन्छीको अवैध शिकार नियन्त्रण गर्न जिल्लामा प्रहरीले विशेष अपरेसन चलाएको थियो।
त्यो अपरेसनका क्रममा बारेकोट गाउँपालिकाबाट ९ नाल, नलगाड नगरपालिकाबाट –७ नाल, कुशे गाउँपालिकाबाट ५ नाल, भेरी नगरपालिकाबाट २ नाल र शिवालय गाउँपालिकाबाट १ नाल गरी कुल २४ वटा भरूवा बन्दुक बरामद भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।
ती सबै भरूवा बन्दुकहरू बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।