हरियो जालीले छोपिएको काठमाडौँको ऐतिहासिक घण्टाघर आफ्नै स्वरुपमा कहिले आउँछ भन्ने चासो छ।
त्रिचन्द्र क्याम्पस परिसरभित्र रहेको यो ऐतिहासिक सम्पदामा २०७२ सालको महा-भूकम्पले क्षति गरेको थियो। पुरानो क्याम्पससंगै सुरू गरिएको पुनर्निर्माण तथा प्रबलीकरण काम धमाधम भइरहेको देखिन्छ।
बाहिरबाट हेर्दा घण्टाघर निर्माण सामग्री र फलामका खटबीच हराएको जस्तो देखिए पनि भित्र भने पुरानो स्वरूप जोगाउँदै संरचना थप बलियो बनाउने काम भइरहेको छ।
त्रिचन्द्र क्याम्पससँगै अघि बढाइएको पुनर्निर्माण अन्तर्गत अहिले बाहिरी प्लास्टर, बुट्टाको मर्मत, रङरोगन र प्राविधिक काम भइरहेको निर्माण पक्षले जनाएको छ।
पुनर्निर्माणसँगै घण्टाघरले आधुनिक प्रविधि पनि अपनाउँदैछ।
वि.सं. १९५१ मा बेलायतबाट ल्याइएका पुराना मेकानिकल घडीको स्थानमा अब भारतबाट ल्याइएका चारवटा स्वचालित घडी जडान गरिँदैछन्। यसअघि नियमित रूपमा ‘दम’ दिनुपर्ने घडी अब स्वचालित रूपमा सञ्चालन हुनेछ।
यद्यपि नयाँ प्रविधि जडान गरिए पनि घण्टाघरको ऐतिहासिक पहिचान भने जस्ताको तस्तै रहनेछ। १०५ फिट उचाइ, पुरानै वास्तुकला, घडीको बाहिरी स्वरूप र प्रत्येक घण्टामा गुञ्जिने ‘टिङ–टिङ’ ध्वनिलाई संरक्षण गरिएको छ।
अहिले देखिने हरियो जाली र आवरण सुरक्षा तथा निर्माणका लागि राखिएको हो।
बाँकी काम सम्पन्न भएपछि ती हटाइनेछन् र लामो समयदेखि निर्माणको घेराभित्र रहेको घण्टाघर फेरि एकपटक आफ्नो पुरानै भव्यतासहित काठमाडौँको आकाशरेखामा देखिनेछ।
-1783649341.jpg)
-1783649341.jpg)
-1783649341.jpg)
-1783649341.jpg)
-1783649341.jpg)
-1783649341.jpg)
-1783649341.jpg)