सासुमाथि कुटपिट गरी गहना लुटेको आरोपमा प्रहरीले एक बुहारीलाई पक्राउ गरेको छ।
यो घटना गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ४ ताक्लुङ बाझोजराको हो।
८५ वर्षीया सासु दिलमाया रानामाथि कुटपिट गरी दुवै कानको लोतीसमेत चुडाएर सुनको रिङ लुटेको आरोपमा साइली बुहारी ३५ वर्षीया झरना रानालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक धिरेन्द्र यादवको भनाइ छ।
झरनाको साथबाट सुनको रिङ पनि फेला परेको छ।