नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले आत्मदाह गरेका गणेश नेपालीको मृत्यु भएको घटनामा सरकारले जम्मा लिनुपर्ने बताएका छन्।
बिहीबार गणेशको मृत्यु भएपछि वीर अस्पताल पुगेका महरले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका हुन्।
उनले अहिलेको सरकार गरिब जनता प्रति निर्दयी बनेको धारणा व्यक्त गरेका छन्।
‘सम्पूर्ण हिसाबले यसको जिम्मा राज्यले लिनपर्छ। सम्पूर्ण हिसाबले राज्य असफल भएको, जनता प्रति र गरिब प्रति निर्दयी भएको ज्वलन्त उदाहरण र प्रमाण हो,’ उनले भने, ‘खासगरी सरकारका नीतिले जनतालाई दु:ख दिने, त्यो ठाउँमा पुग्ने गरी बाध्य बनाउने गरी बालेन सरकारले नियमहरू लागु गर्यो।’
जनताको अवस्थालाई सुधार नगरिकन कर थोपरेर मारमा पारेकाले उक्त घटना भएको उनले बताए।