काठमाडौंको बुद्धनगरमा अर्का एक पुरूषले पनि आत्मदाहको प्रयास गरेका छन्।
शनिबार बिहान सवा ६ बजेतिर काठमाडौं महानगरपालिका-१० बुद्धनगरस्थित एक घरमा डेरा गरी बस्दै आएका पुरूषले आत्मदाहको प्रयास गरेका हुन्।
पुरूष ४५ वर्षीय अश्विन राउत रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।
उनलाई उद्धार गरी वीर अस्पताल पुर्याइएको छ।
उनको शरीरमा ५० प्रतिशत जलन रहेको एसपी भट्टराईले बताए।
घटना सम्बन्धी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
यसैगरी सर्लाही र काठमाडौंमा पनि आत्मदाहको घटना भएका छन्।
बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाह गरेका थिए। उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो।
सर्लाहीका विवेक मण्डलले पनि आत्मदाहको प्रयास गरेका थिए। उनलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको थियो।
अहिले कीर्तिपुरको बर्न अस्पतालको आइसियूमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।