आत्मदाहको प्रयासपछि निधन भएका गणेश नेपालीको न्यायको माग गर्दै उनका आफन्त, साथीभाइ तथा समर्थकहरूले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन्।
प्रदर्शनमा मुगुका पूर्व दलित सभासदहरू तथा फिल्म निर्देशक मिनभान बानको पनि उपस्थिति रहेको छ।
प्रदर्शनका क्रममा सहभागीहरू सडकमा जान खोज्दा केही समय नेपाल प्रहरीसँग धकेलाधकेल भएको थियो।
गणेशले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
उनी सवार मोटरसाइकलमा महानगर प्रहरीले ह्वील लक लगाइदिएपछि विवाद गणेश र महानगर प्रहरीबीच विवाद भएको थियो।
महानगर प्रहरीले उनको मोटरसाइकल गाडीमा हाल्न खोजेपछि गणेशले आफैमाथि पेट्रोल छर्केर आगो लगाएका थिए।
उनको उपचारकै क्रममा शुक्रबार बिहान वीर अस्पतालमा मृत्यु भएको थियो।
सरकारले उपचारका लागि भारत लैजाने तयारी गरेपनि उनको स्वास्थ्य अस्थिर हुँदा चिकित्सककै सल्लाहमा वीर अस्पतालमै उपचार जारी राखिएको थियो।
घटनापछि प्रहरीले तीन जना महानगर प्रहरीलाई सोधपुछ गरेर छाडेको छ।
घटनाको छानबिनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका डिआइजी गोबिन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ।
तस्बिरहरूः
-ink-1783765144.jpeg)
-ink-1783765144.jpeg)
-ink-1783765143.jpeg)
-ink-1783765143.jpeg)
-ink-1783765143.jpeg)
-ink-1783765143.jpeg)
-ink-1783765143.jpeg)
-ink-1783765143.jpeg)
-ink-1783765141.jpeg)
-ink-1783765141.jpeg)
-ink-1783765142.jpeg)
-ink-1783765142.jpeg)
-ink-1783765142.jpeg)
-ink-1783765142.jpeg)
-ink-1783765142.jpeg)
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी