काठमाडौंको बुद्धनगरमा आफैलाई आगो लगाएको एक व्यक्तिको निधन भएको छ।
शनिबार बिहान ६ बजेतिर डेरामै आफूमाथि आगो लगाएका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा मृत्यु भएको हो।
'उपचारमा खटिएका डाक्टरहरूले उहाँको मृत्यु भएको घोषणा गर्नुभएको छ,' अस्पतालका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए।
परिवारलाई जानकारी गराउने र अरू प्रक्रियापछि शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण पठाइने उनले जानकारी दिए।
प्रवक्ता बुढाथोकीका अनुसार अश्विनको शव ५५ प्रतिशत बढी जलेको थियो।
आफ्नै घरमा उनले किन आफैमाथि आगो लगाए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।