जेनजी मुभमेन्ट अलायन्सले कीर्तिपुर होल्डिङ सेन्टरबाट नियन्त्रणमा लिइएकाहरूलाई बिनासर्त रिहा गर्न माग गरेको छ।
शनिबार होल्डिङ सेन्टरमा पुगेका जेनजी अभियानी माजिद अन्सारी, सरिस्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको हो।
उनीहरूलाई प्रहरीले लछारपछार गरी नियन्त्रणमा लिएको भिडिओहरूमा देखिन्छ।
यससँगै मुभमेन्ट अलायन्सले अन्सारीसहित सबैलाई बिनासर्त रिहा गर्न माग गरेका छन्।
त्यस्तै गैरकानुनी रूपमा पक्राउ गरिएको घटनामा स्वतन्त्र, निष्पक्ष र तत्काल छानबिन गरी दोषीमाथि कारबाही समेत गर्न माग गरेका छन्।