दुर्गा प्रसाईंलाई प्रहरीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भक्तपुरस्थित घर पुर्याएको छ।
झापाबाट काठमाडौं आइपुगेका प्रसाईंले विमानस्थलमै कार्यक्रम गर्न खोजेको पाइएको थियो। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर घर पुर्याएर छाडेको छ।
विमानस्थल निषेधित क्षेत्र भएकोले कार्यक्रम गर्न नपाइने भन्दै प्रहरीले प्रसाईंलाई घर पुर्याएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले प्रसाईं अहिले भक्तपुरस्थित घरमा रहेको बताए।
‘हामीले पक्राउ गरेको छैन, उहाँ अहिले घरमै हुनुहुन्छ,’ उनले भने।